कालिकोटमा पहिरो ९ जनाको ज्यान गयो
सुर्खेत ।
कालिकोटमा आएको पहिरोले घर परिँदा नौ जनाको ज्यान गएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं. ७ मा आएको पहिरोले गंगे बुढाको घर पुर्दा घरमा भएका सातै जनाको ज्यान गएको छ ।
पहिरो आज (१४ गते) विहान करिब ३÷४ बजेतिर आएको बताइएको छ । प्रहरीका अनुसार वडा नं. ७ का ६५ वर्षिय गगे बुढा, ६३ वर्षिय नैना बुढा, २३ वर्षिया कुसा बुढा, १९ वर्षिय बिमला बुढा, १० वर्षिया चना बुढा ८ वर्षिय राम बुढा र ६ वर्षिय चरित्र बुढाको ज्यान गएको हो । यसैगरि वडा नं. ४ का ६४ वर्षिय काले बुढा र ६१ वर्षिय मना बुढाको ज्यान गएको छ भने २ जना घाइतेको कुमाल गाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यसैगरि १३ गते खाँडाचक्रबाट तिलागुफा जाने छोरीको घरमा क्रममा करिब ५७/५८ वर्षकी अविसरा शाही बगिरहेको अवस्थामा स्थानीयले देखेको भएपनि अहिलेसम्म भेटिन नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजीव बहादुर बस्नेतले जानकारी दिए । १३ गते हिजो नै आएको पहिरोले पुरि राष्कोट नगरपालिकामा आएको पहिरोमा परि ५ जना बेपत्ता भएका छन् ।
मंगलबार विहान रास्कोट नगरपालिका–१, बडलतोलामा गंगे खहरे खोलाको बाढीले बगाएर वेपत्ता भएका पाँच जनाको शव अझै भेटिएको छैन । उनीहरुको खोजीका लागि कालिकोटबाट थप प्रहरीको टोली घटनास्थल पठाइएको डिएसपी ओलियाको भनाई छ ।






