सांसद सिटौलाको सपथ ग्रहण भयो
काठमाडौं ।
समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराए ।
उक्त पार्टीको निर्णयअनुसार निर्वाचन आयोगले सिटौलालाई सांसद पदमा निर्वाचित भएको घोषणा गरेको थियो ।






