नेविसंघ अध्यक्ष बिसीबाट साझा घरका बालबालिकालाई कपडा सहयोग

सुर्खेत ।
नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष गौतम बिसीले साझा घर नेपालका बालबालिकालाई कपडा सहयोग गरेका छन् ।
वीरेन्द्रनगर–९ स्थित साझा घरमा रहेका १२ जना विपन्न तथा सडक बालबालिकालाई एक/एक जोरका दरले कपडा सहयोग गरेका हुन् । विश्वभर महामारीका रुपममा फैलिएको कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउन अवधिमा सर्खेतका विभिन्न ठाँउहरुमा गइ समस्यामा परेका नागरिकहरुलाई स्वास्थ्य तथा खाद्यान्नका सामग्रीहरु नेता बिसीले सहयोग गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएका विपन्न र सडक बालबालिकालाई कपडा सहयोग गर्न पाउँदा खुसी लागेको विद्यार्थी नेता बिसीले बताए ।
बुधबार एक कार्यक्रमका बिच उनका भाई पुष्प बिसीले साझा घर नेपालका सेवक तपेन्द्र विकलाई कपडा हस्तान्तरण गरेका छन् ।
साझा घर नेपालमा बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्ग र असाहय गरी २५ जना बस्दै आएका छन् ।







