Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

बेलुका ७ बजेदेखि बिहान ७ सम्म उपत्यका प्रवेश गर्ने नाकामा लगायो रोक

गृह मन्त्रालयले बेलुका ७ बजेदेखि बिहान ७ सम्म उपत्यका प्रवेश गर्ने नाकामा  लगायो रोक

काठमाडौं  । गृह मन्त्रालयले बेलुका ७ बजेदेखि बिहान ७ सम्म काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा आवत– जावतमा रोक लगाएको छ ।उपत्यकाबाहिरबाट काठमाडौं प्रवेश गरेकाहरुको स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएपछि गृहले बिहीबार सूचना जारी गरेर नाकामा थप कडाइ गरेको हो ।गृहले बिहीबारदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि अत्याआवश्यक सेवा र ढुवानीका साधनबाहेकका साधनलाई साँझ ७ देखि बिहान ७ बजेसम्म रोक लगाएको हो ।त्यसैगरी, काठमाडौं उपत्यका बाहेकका जिल्लामा बिनापास अन्तरजिल्ला आवागमन पूर्ण रुपमा बन्द गर्न पनि भनिएको छ । साथै, अत्यावश्यकबाहेक अन्तरजिल्ला सवारी पास जारी नगर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।