Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचन साउन २३ गते

सुर्खेत, १२ साउन ।

जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचन आगामी साउन २३ गते हुने भएको छ । जिल्लाको समन्वय समितिको निर्वाचनका लागि गत आइतबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।

कार्यालयले बिहीबार निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । जसमा साउन १४ गते मतदाता नामावली प्रकाशन गर्ने, १५ गते नामावली सच्याउन तथा छुुट नाम समाबेश गर्न दरखास्न दिने, १६ गते शंसोधित नामावली प्रकाशित गर्ने, १७ गते मतदाताको बिरोधमा उजुरी दिने र १८ गते अन्तिम नामावली प्रकाशन गर्ने समय तोकेको छ ।

त्यसैगरी १९ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, २० गते मनोनयन दर्ता भएका उम्मेदवारको सुचि प्रकाशन गर्ने, उम्मेदवारको बिरोधमा उजुरी दिने, मनोनयन जाँच, उजुरी उपर निर्णय गर्ने, नामावली प्रकाशन गर्ने, उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।

त्यसैगरी साउन २० गतेनै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने छ । साउन २३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले मात्रै उम्मेदवार हुन पाउने छन् । निर्वाचित पदाधिकारीले जिल्लाको विकास निर्माणमा समन्वयको काम गर्नेछन् ।