Loading... आजः ३ भाद्र २०८३, बुधबार । Wednesday 19th August 2026

थप ३८० जनामा कोरोना संक्रमण

काठमाडौंमा थप ९० संक्रमित भेटिए

काठमाडौं ।

आइतबार  नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।