Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

नेपाल वातावरण समाजको प्रदेश अध्यक्षमा खगेन्द्र

सुर्खेत ।
नेपाल वातावरण समाजको कर्णाली प्रदेश अध्यक्षमा दैलेखका खगेन्द्र रावल चयन हुनु भएको छ । वातावरण विषय अध्ययन गरेका तथा यस क्षेत्रमा क्रियाशील जनशक्तिहरुको साझा संस्थाको रुपमा वातावरणीय विषयहरु सम्बन्धि बहस पैरवी गर्दै आएको यस संस्थाले प्रदेशस्तरसम्म नै वातावरणीय चासो तथा मुद्दाहरुमा पहुँच पु¥याउने उद्देश्यले प्रदेश समिति गठन गरेको केन्द्रिय अध्यक्ष सन्तोष काफ्लेले जानकारी दिनुभयो ।

खगेन्द्र रावल

कर्णाली प्रदेशका अन्य पदाधिकारीहरुमा बिमल उपाध्याय सचिव (सुर्खेत), र सदस्यहरुमा सजित कंडेल (सुर्खेत), बम बहादुर वली र निर्मल चन्द (सल्यान), विनोद शाही (हुम्ला) र सवि सेजुवाल तथा पदमबहादुर बुढा (जुम्ला) रहनु भएको छ ।

यसैगरि अन्य प्रदेशहरुमा समेत प्रदेश समिति गठन गरिएको केन्द्रिय अध्यक्ष काफ्लेले बताउनु भयो ।