Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

सहायक डीन नियुक्ती विधि सम्मत् भएको पदाधिकारीको दाबी

मध्यपश्चिमाञ्चल विश्वविद्यालय पटक–पटक विवादमा पर्ने गरेको छ । कहिले भ्रष्टाचार गरेको विवाद त कहिले प्रशासनिक क्षेत्रमा हुने अनियमितता । यस विश्वविद्यालयका विद्यार्थीहरु विभिन्न माग राख्दै विश्वविद्यालयमा आन्दोलनरत छन् । त्यसैगरी विश्वविद्यालयका पदाधिकारीहरु भने पत्रकार सम्मलेन गरेरै भएपनि स्पष्टता प्रष्ट्याइरहेका छन् ।


सहायक डीनको नियुक्तीको विषयलाई लिएर विभिन्न संचार माध्यमका आएका समाचारहरु यथार्थ नभएको विधि र नीति सम्मत नै सहायक डीनको नियुक्ती भएको जिकिर गर्दै आइरहेका छन् विश्वविद्यालयका पदाधिकारीहरु । एक पत्रकार सम्मेलनको आयोजना गरेर पनि पदाधिकारीहरुले यस्तै जिकिर गरेका छन् । योग्यता नपुगेको व्यक्तिलाई ऐनलाई मिचेर निर्णयलाई आधार मानि सहायक डिन नियुक्त गरेको खुलेपछि पदाधिकारीहरुले पत्रकार सम्मेलन गरेका थिए । इन्जिनियर संकायमा सहायक डिन नियुक्ति गर्दा विवादमा विश्वविद्यालय मुछिएको छ । विश्वविद्यालयको विस्तारित कार्यालयमा शुक्रबार विश्वविद्यालयका पदाधिकारीले कार्यकारी परिषद्ले गरेको ६५ औँ निर्णय अनुसार नै सहायक डिन नियुक्त गरिएको पत्रकार समक्ष दावी गरे । मध्यपश्चिमाञ्चल विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनिक नियमावली ०६९ को परिच्छेद ३१ नियम १६९ बमोजिम परिषद्को फागुन २ गते बसेको बैठकले उनैलाई सहायक डिन बनाउने निर्णय गरेको थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले डीन ललित विक्रम राणाको सिफारिसमा ०७३ फागुन ३ देखि लागू हुने गरी दुई वर्षका लागि वीरेन्द्र खड्कालाई सहायक डिनको नियुक्त गर्नुभएो थियो । विश्वविद्यालयले ऐन विपरित निणर्यलाई आधार बनाई सहायक डिन निय्ुक्त गरेको उजूरी पछि खुलेको थियो ।

पत्रकार सम्मेलनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले सहायक डिन नियुक्ती बिश्वविद्यालयको कार्यकारी नियमावली अनुसार नै भएको दावी गर्नुभएको छ ।

ईन्जिनियरिङ् संकाएको सहायक डिनका लागि कुनै पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट संबन्धित विषयमा कम्तिमा दोस्रो श्रोणीमा स्नातकोत्तर पास भएको व्यक्तिलाई छनोट गर्न सकिने प्रावधान अनुसार विश्वबिद्यालयले नियुक्ति गरेको उहाँको जिकिर छ ।

सम्मेलनमा रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले आन्दोलनरत विद्यार्थीतर्फ इन्कित गर्दै भन्नुभयो,–विरोधका लागि विरोध र राजनीतिक प्रभावमा परेर विश्वविद्यालयले गरिरहेका कार्यहरुमा बाधा पु¥याउनु राम्रो होइन । उहाँले थप्नुभयो – ‘आङ कन्याएर धुलो उडाउने काम भइहरको छ ।’

आफूले गरेको निर्णय कुनै हालतमा फिर्ता नगर्ने पदाधिकारीले बताउँदै आएका छन् भने यता आन्दोलनरत विद्यार्थीले पदाधिकारीको दादगिरीलाइ पतन गराएरै छाड्ने उदघोष गरेका छन् । तर सम्मेलनमा रजिष्ट्रार डा. मल्लले थप सम्बन्धनको दिने तयारी भइरहेको बताउनु भयो ।