Loading... आजः ७ बैशाख २०८३, सोमबार । Monday 20th April 2026
ताजा खबर
  

ड्यूटीका प्रहरीलाई मास्क वितरण

सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ड्यूटीमा खटिने प्रहरी कर्मचारीहरुका लागि मास्क वितरण गरिएको छ । वीरेन्द्रनगर ६ सुर्खेतमा रहेको सुर्खेत साइन्स एण्ड सर्जिकलका प्रोपराइटर श्याम विष्टले ५०० थान मास्क, ३० थान सर्जिकल पञ्जा र १२ थान सेनिटाइजर प्रहरीलाई आइतबार प्रदान गरेका हुन् ।


कोरोना महामारीको रुपमा फैलिएको अवस्थामा समेत सुरक्षाका लागि अग्रपंक्तिमा खटिने भएकोले कोरोनाको जोखिममा रहने प्रहरी कर्मचारीहरु सुरक्षित भएमा मात्र अरुलाई सुरक्षित गर्न सक्ने भएकाले प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको विष्टले बताए ।
प्रहरीले एक्लै सफलता प्राप्त गर्न नसक्ने भएकोले समाज र सचेत नागरिकहरुले समेत साथ दिनु आवश्यक रहेको बताउँदै प्रहरीलाई सहयोग गरेकोमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले विष्टलाई धन्यवाद दिएको छ ।