Loading... आजः १२ आश्विन २०८३, सोमबार । Monday 28th September 2026

चार लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा प्रमाणिकरण

विद्यार्थीलाई १५ दिनपछि प्रमाणपत्र दिइने

काठमाडाैं ।

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सोमबार प्रमाणिकरण गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्न जिम्मा दिइएको एसईईको नतिजा प्रमाणिकरण गरिएको हो ।
वि.सं. २०७६ सालको एसईईमा चार लाख ८२ हजार ९८६ जना विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम भरेकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्रमाणिक प्राप्ताङ्क विवरण मात्रै प्राप्त भएको बोर्डले जानकारी दिएको छ ।

विद्यालयले दिएको विद्यार्थीको प्राप्ताङ्कलाई संकलन, रुजु, ग्रेडिङ गरी नतिजा प्रमाणिकरण गरिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

यस्तै, एसईईका विद्यार्थीले बोर्डबाट छाप लागेको ग्रेडसिट (प्रमाणपत्र) १५ दिनपछि
पाउनेछन ।

बोर्डका अध्यक्ष पौडेलले मंगलबारदेखि प्रमाणपत्र छाप्न सुरु गरिने जानकारी दिनुभयो । कोरोना भाइरसका कारण पछिल्ला समयमा विभिन्न स्थानमा जारी बन्दाबन्दीका कारण विद्यार्थीको हातमा छिटो प्रमाणपत्र पु¥याउन केही कठिनाइ हुने देखिएको उल्लेख गर्नुभयो ।
गत चैत ६ गते लिनुपर्ने एसईईको नियमित परीक्षा चैत ५ गते स्थगित गरिएको थियो ।