Loading... आजः १ बैशाख २०८३, मंगलवार । Tuesday 14th April 2026
ताजा खबर
  

सुर्खेतमा थपियो निषेधाज्ञा

सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही भदौं १ गतेदेखि जारी गरेको निषेधाज्ञा ४ दिन थपेर भदौ ९ गतेसम्म पु¥याएको छ । कोरोनाको संक्रमण तिब्र गतिमा बढ्दै गएकोले यसबाट पर्न सक्ने जोखिमलाई नागरिकबाट समेत स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा वेवास्ता गर्ने प्रवृत्तिबाट भीडभाड, भेला तथा जमघट गरि संक्रमणको दर उच्च देखिन जाने सम्भावनालाई मध्यनजर गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा भदौ ९ गते राती १२ बजेसम्मका लागि निरन्तरता दिएको जनाइएको छ ।

निषेधाज्ञाको बर्खिलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा विद्युत दुरसञ्चार खानेपानी दुध फोहरमैला व्यवस्थापन ग्यास पेट्रोलियम पदार्थ औषधी तरकारी पसल जस्ता अति आवश्किय सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने जनाइएको छ ।