Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

बाँकेमा थप २४ जनामा पोजेटिभ

नेपालगन्ज |

बाँकेमा बिहीवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट जिल्लाका बिभिन्न पालिकाका गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार बिहिवार नेपालगन्ज उपमहानगरपालिकामा १ जना, कोहलपुर नगरपालिकामा १७ र जानकी गाउँपालिकामा ६ जना कोरोना पोजेटिभ थपिएका छन् ।

बाँकेमा अब कोरोना संक्रमितको संख्या ७ सय ८७ पुगेको छ । जसमध्ये २ जना महिला सहित ४ जनाको मृत्यु भइसकेको छ ।