Loading... आजः १ बैशाख २०८३, मंगलवार । Tuesday 14th April 2026
ताजा खबर
  

राष्ट्रिय झण्डा जलाउनेलाई ८ वर्षसम्म कैद सजाय हुनसक्ने

काठमाडौं ।

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ८ जनाविरुद्ध राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखाले पक्राउ गरेका ८ जना व्यक्तिलाई दुई वटा मुद्दामा कानूनी कारबाही प्रक्रिया अघि बढाइने भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए अनुसार मुलुकी अपराध संहितामा भएको दुई कसूर अनुसार अनुसन्धान अघि बढाउन जिल्ला अदालत, काठमाडौंले ७ दिनको म्याद दिएको छ ।

यो अवधिमा घटनाबारे विस्तृत अनुसन्धान गरिने राठौरले बताए ।

प्रहरीले राष्ट्रिय झण्डामा क्षति पुर्‍याएको अभियोगमा गायक तथा मोडल मकवानपुरका ज्ञाल्जेन दोर्जे तामाङ भन्ने रोजितकुमार तितुङ, मोडल काभ्रेका लावाङ तामाङ भन्ने रोजित कुमार तितुङ, लावाङ तामाङ, प्रयास भन्ने चलाकमान तामाङ, भिडियो इडिटिङ गर्ने सञ्जय भन्ने हुतबहादुर तामाङ, कमलकुमार लामा तामाङ, गायक तथा मोडल १८ वर्षीय किशोर, भिडियोग्राफर सिन्धुपाल्चोकका सञ्जितकुमार घिसिङ र गायिका दोलखाकी अरुणा थामीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये एक जना क्यामरा पर्सन संलग्नता नपाइएपछि छुटेका छन् । कानूनतः कसूर पुष्टि भए राज्यविरुद्धको कसूर पुष्टि भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । दफा १५१ अनुसारको कसूर पुष्टि भए तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्छ ।

अनलाइनखबर