Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

सुविधा सम्पन्न योग भवन निर्माण

दैलेख |

जिल्लाको नारायण नगरपालिकामा सुविधा सम्पन्न योग भवन निर्माण भएका छ । सदरमुकाको बिच बजार गणेण मन्दिरको हाता भित्र निर्माण भएको योग भवनको उद्घाटन दैलेख क्षेत्र नं १ ‘ख’ का सान्सद अम्मर बहादुर थापाले गरेका छन् । निर्वाचन क्षेत्र विकास कार्याक्रम अन्तरगत छुट्याएको ५० लाख लागतमा निर्माण भएको योग भवन नारायण नगरपालिका संगको सहकार्यमा गणेश मन्दिरको हाता भित्र निर्माण गरीएको हो ।

जिल्लामा सुविधा सम्पन्न योग भवनको उद्घाटन गर्ने कर्णाली प्रदेश सभाका सदस्य अम्मर बहादुर थापाले गाउँले जिवन देखि मानिसहरु सहरीया बन्दै गएको र सहरमा गाउँमा जस्तो पानी बोक्दा, होस या कुनै पनि काम गर्दा कसरत हुने गरेपनि सहरमा सुविधा खोज्दै जादा र काम गर्न छोडे पछी ब्याम , कसरत नहुने भएकोले सरिरमा अनेक किसिमका रोगहरु लाग्ने सक्ने सम्भावनालाई ध्यानमा राख्दै मानिसको जिवनशैली संगै शारिरिक ब्यामको आवश्यक पर्ने हुदाँ दैलेखमा योग भवन निमार्ण गरीएको बताए ।

भवन निर्माण सुरु भएपछी कोरोनाले मानिसको जनजिवन प्रभावित बनाईरहेको थियो यसै बिचमा जसरी पनि योग भवन निर्माण गर्नुपर्ने चुनौति आएको मा आफुहरुले चुनौती सामना गर्दै समयमानै योग भवनको निर्माण कार्य सम्पन्न गरेको शंकर थापाले जानकारी दिए ।

भवन निर्माण गर्दै गर्दा नेपाल तथा जिल्लामा लकडाउन भएकाले निर्माण सामाग्री पु¥याउन समस्या भए पनि भवन जिल्लामै उत्कृष्ट बनेको योग भवन निर्माण समितिका अध्यक्ष कृष्ण श्रेष्टले बताइन् । उनका अनुसार नारायण नगरपालिकाले ५० लाखमा योग भवन निर्माण गर्नुपर्ने गरी उपभोक्ता समितिलाई जिम्मा दिए पनि योग भवन भने ४० लाखमै सम्पन्न भएको छ । ४० लाखमा निर्माण कार्य सम्पन्न भए पछी बचेको १० लाखले भवन रङ्गरोगन तथा गोग ागर्नको लागि आवश्यक साउण्ड सिस्टम, ब्याकप, कारपेट सहितको सुविधा सम्पन्न बनाउन सफल भएको उपभोक्ता समितिले बताए ।

उद्घाटन कार्यक्रममा सहभागिहरुले दैलेखी बासीको चाहानालाई ध्यानमा राखि दैलेखमा सुविधा सम्पन्न योग भवन निर्माणमा पहल गरेकोमा सान्सद थापाको प्रशंसा समेत गरेका थिए ।