Loading... आजः ३० श्रावण २०८३, शनिबार । Saturday 15th August 2026

सुर्खेतमा दोस्रो पटक थपियो निषेधाज्ञा

भदौं १२ गते राती १२ बजेसम्म

सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही भदौं १ गतेदेखि जारी गरेको निषेधाज्ञा दोस्रो पटक थप गरेको छ । यही भदौं १२ गते राती १२ बजेसम्म निषेधाज्ञा थपेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

Image may contain: sky, cloud, tree and outdoor, text that says 'मेन्ट'
कोरोनाको संक्रमण तिब्र गतिमा बढ्दै गएकोले यसबाट पर्न सक्ने जोखिमलाई नागरिकबाट समेत स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा वेवास्ता गर्ने प्रवृत्तिबाट भीडभाड, भेला तथा जमघट गरि संक्रमणको दर उच्च देखिन जाने सम्भावनालाई मध्यनजर गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा भदौ १२ गते राती १२ बजेसम्मका लागि निरन्तरता दिएको प्रशासकीय अधिकृत पदमलाल लामीछानेले जानकारी दिए ।

निषेधाज्ञाको बर्खिलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा विद्युत दुरसञ्चार खानेपानी दुध फोहरमैला व्यवस्थापन ग्यास पेट्रोलियम पदार्थ औषधी तरकारी पसल जस्ता अति आवश्यकीय सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने जनाइएको छ ।