Loading... आजः २७ श्रावण २०८३, बुधबार । Wednesday 12th August 2026

दैलेखमा (कोभिड–१९) नियन्त्रण गर्न एसएमएस अभियान

दैलेख |

कोरोना रोकथामको लागि जिल्ला प्रशासन कार्यालय दैलेखले एसएमएस अभियानको थालनी गरेको छ ।

कोरोनाको महामारी विश्वभरीनै रहेको बेला दैलेखमा कोरोनाको रोकथाम,सुरक्षा सजगताका लागि एसएमएस अभियानको थालनी गरीएको हो ।

जिल्लामा कोरोनकाको सुरक्षा अपनाउन यो अभियान थालेको कोभिड संकट व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए | मंगलवार नागरिक समाजका अगुवाहरुसंगको बैठकमा यो अभियायन थालनी गरिएको जानकारी दिएका छन् ।

इन्द्र दल गुल्मका सेनानी बीके सिंह बिश्वकर्मा, प्रहरी नायव उपरीक्षक हरिबहादुर ओली, दैलेख अस्पतालका डा. निरञ्जन पन्त र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री समेतको उपस्थितिमा गराइए अनुसार सरकारी र गैरसरकारी संस्थाहरुको साझेदारीमा अभियान चलाउने निधो गरिएको छ ।

सामाजिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सेनिटाइजरको प्रयोगले कोरोना रोकथाममा तीन वटा सुरक्षा सीप प्रयोग गराउन एक हप्ता अघि जिम्मेवारी समहाले लगतै दैलेखका प्रमुख जिल्ला अधिकारी सुनारले अभियान उद्घोष गरेका थिए ।

एभरेष्ट क्लवका अध्यक्ष दीपक शाही, सामाजिक सेवा केन्द्र सोसेकका कार्यकारी निर्देशक बसन्त श्रेष्ठ, गैसस महासंघका राधा मल्ल लगायतले कोरोना रोकथामका लागि संञ्चालन गर्न लागिएका परियोजना कार्यक्रमहरुले एसएमएस अभियानलाई सघाउने बताएका छन् ।