Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीमा ६ जनामा कोरोना संक्रमित थपिए

सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या १२ जना रहेको छ ।