Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कोरोना संक्रमितले भने, निको भएपछि आईसोलेशन वार्ड व्यवस्थापनको लागि सहयोग गर्छु

सुर्खेत ।
मुगु जिल्लाको स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कोरोना संक्रमित एक कर्मचारीले आफू निको भएपछि आईसोलेसन वार्ड व्यवस्थापनको लागि सहयोग गर्न तयार भएको बताएका छन् । सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको स्वाव परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य सेवा कार्यालय मुगुका लेखापाल सुरेश कुमार केसीले मंगलबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसवुक स्टाटस मार्फत सार्वजानिक गर्दै एक हप्तापछि गरिने दोस्रो पिसिआर परिक्षणमा आफ्नो रिपोर्ट नेगटिभ आएमा आफूले खाँदै आएको दुई महिनाको तलब जिल्लाका आईसुलेसन वार्ड व्यवस्थापनका लागी हस्तान्तरण गर्ने बताएका हुन् ।

कसैलाई कोरोना संक्रमण भएमा सार्वजनिक गर्न नमिल्ने कानूनी व्यवस्था छ । तर लेखापाल केसीले आफनो नाम स्वच्छाले आफै सार्वजनि गरेका छन् ।

उनले भनेका छन्, ‘म मुगु जिल्लाको पहिलो कोरोना संक्रमित सुरेश कुमार केसी, अबको कोरोना परीक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएछ भने आइसोलेशन वार्ड व्यवस्थापनको लागि रिपोर्ट नेगेटिभ आएको सातौ दिनमा मेरो दुई महिनाको तलब स्वरुप पत्रकारहरु माझ प्रमुख जिल्ला अधिकारी ज्यू लाई रु ५०,००० ।­ हजार हस्तान्तर गर्न चाहान्छु ।’

लेखापालको यो आत्मबलले देशका अन्य संक्रमितहरुलाई थप आत्मबल बढाउन सहयोग पुग्ने बताईएको छ । समाजमा कोरोना संक्रमित भन्दा वित्तिकै डराउने, संक्रमितलाई सामाजिक दुव्र्यवहार गर्ने गरेका घटना बाहिर आईरहेका छन्, उनले भने, ‘भावी दिनमा संक्रमित हुनसक्ने त्यही समाजका व्यक्तिहरुको उपचारका लागी व्यवस्थित आईसोलेशन वार्ड बनाउन आफनो दुई महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका हुँ ।’

देशमा कोरोना संक्रमित बढिरहेको र उहाँहरुको उपचारमा कठिनाई भैरहेका बेला राज्यले प्रदान गर्ने आईसोलेशन बेड व्यवस्थापनमा संक्रमितले नै लगानी गर्छु भन्नुले समाजमा सकारात्मक सन्देश गएको छ । साथै कोरोना संक्रमण सामान्य हो डराउनु पर्दैन र संक्रमितलाई भेदभाव गरिनु हुँदैन भन्ने सकारात्मक सन्देश समेत गएको बताइएको छ ।