डोल्पामा एकसाता लकडाउन
सुर्खेत ।
डोल्पा जिल्लामा एक सातासम्म लागुहुने गरि लकडाउन गरिको छ । बुधबार राति १२ बजेदेखि एक साता लकडाउन लगाइएको हो ।
पछिल्लो समयमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको र छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिममा कोरोना संक्रमण बढेकोले जिल्लामा कोरोना ससंक्रमण भित्रन नदिन लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधकारी सुरेश सुनारले बताउनुभयो ।
गाउँ फर्कने नागरिक नरोकिएको भन्दै लकडाउन अवधिभर कुनै पनि नागरिकलाई जिल्ला प्रवेश गर्न नदिन सीमामा प्रहरीलाई निर्देशन दिएकाे प्रजिअ सुनारले बताउनुभयो ।
हिजो (बुधबार) बसेको जिल्ला विपत व्यबस्थापन समितिको बैठकले कोरोना भित्रन नदिन लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनकाे समयमा दैनिक उपभोग्य वस्तुु र अत्यावश्यक काममा भने सुरक्षा सतर्कता अपनाएर आवतजावत गर्न पाइने छ । डोल्पामा सक्रिय कोरोना संक्रमित छैनन् ।






