Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

भोलिदेखि वीरेन्द्रनगरको निषेधाज्ञा हट्ने

सुर्खेत
जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही भाद्र १ गतेदेखि वीरेन्द्रनगरमा लगाएको निषेधाज्ञा भोलीदेखि हट्ने भएको छ । कोरोनाको संक्रमणलाई नियन्त्रण गर्नका लागि लगाइएको निषेधाज्ञा आज १२ गते राती १२ बजेसम्म कायम रहनेछ ।


कोरोनाको संक्रमण तिब्र गतिमा बढ्दै गएकोले यसबाट पर्न सक्ने जोखिमलाई न्यूनिकरण गर्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा वेवास्ता गर्ने प्रवृत्तिबाट भीडभाड, भेला तथा जमघट गरि संक्रमणको दर उच्च देखिन जाने सम्भावनालाई मध्यनजर गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाा हटेपनि स्वास्थ्य सुरक्षाका लागि संयमता अपनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले आमनागरिकहरुलाई अनुरोध गरेको छ ।

पहिलो चरणमा भाद्र ५ गतेसम्म लगाइएको निषेधाज्ञा थप गर्दैै ९ गते र १२ गतेसम्म पु¥याइएको थियो । जनजीवनलाई सहज गर्न गराउनका लागि निषेधाज्ञा हटाइएको भएपनि नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका शर्तहरु भने लागु हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिनुभयो ।