Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कैलालीमा ५ दिन लम्बियो निषेधाज्ञा

धनगढी।

कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन लम्बाउने निर्णय गरिएको छ । आइतबार राति सकिन लागेको निषेधाज्ञालाई १९ गते रातिसम्म लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

‘कोरोना संक्रमणको अवस्था बढ्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ’ प्रजिअ बोहराले भने ‘निषेधाज्ञाका नियमहरू यथावत् छन् ।’

शुक्रवार बसेको सुरक्षा समितिको बैठकले पनि भदौ ४ गतेदेखि जारी निषेधाज्ञा १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको थियो ।