Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीमा थपिए १३ जना संक्रमित

निको भए १८ जना

सुर्खेत ।

पछिल्लो २४ घण्टाभित्र कर्णालीमा १३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ११ जना, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जानकारी दिएको छ । यो सँगै कर्णालीमा संक्रमितको संख्या २ हजार ३७६ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १८ जना रहेको महाशाखाले जनाएको छ । यो सँगै डिस्चार्ज हुनेहरुको संख्या २ हजार ५८ पुगेको छ । कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ३१२ रहेको जनाइएको छ ।