कर्णालीमा ४० संक्रमित थपिए
सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाभित्र ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा सुर्खेतका मात्रै ३७ जना रहेका छन् । । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार सुर्खेतका ३७, जुम्ला, बाँके र बैतडीका एक, एक जना गरी ४० जनामा कोरोना पृष्टी भएको हो । सुर्खेतका ३७ संक्रमित मध्ये चौकुने गाउँपालिकाका १ र गुर्भाकोट नगरपालिकाका ६ जना रहेका छन् । अन्य सबै वीरेन्द्रनगर नगरपालिकाका हुन् । यो सँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २४ सय ४२ पुगेको छ ।
हालसम्म कर्णालीमा संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ । हाल कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना विरामीको संख्या ३ सय ५ मा झरेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा १५ जना कोरोनाबाट निको भएका छन् । हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या २ हजार ८६ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा हालसम्म ५८ हजार ८ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।







