कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति मुखर्जीको मृत्यु
काठमाडौं ।
कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मृत्यु भएको छ । पूर्व राष्ट्रपति मुखर्जीको ८४ वर्षकाे उमेरमा साेमबार निधन भएको उनका छोरा अभिजितले पुष्टि गरेका छन् ।

काेराेना संक्रमण भएका मुखर्जी दुई सातायता सघन उपचारमा थिए । मुखर्जीलाई कोरोना भएपछि दिल्लीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो। सो अस्पतालमा उनको एक सर्जरीसमेत गरिएको थियो। मुखर्जी भारतीय काँग्रेसका पूर्व नेता हुन्।






