कामपा प्रमुख शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि
काठमाडौंँ ।
काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख शाक्यको सचिवालयका अनुसार उहाँको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो ।
हाल प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा रहनुभएको छ । उहाँमा कोभिड –१९ का कुनै लक्षण नदेखिएको कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।
उहाँको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ । उहाँकी पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ ।






