Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

सुर्खेत मालपोत कार्यालयमा थामि नसक्नुको भीड

सुर्खेत ।
मालपोत कार्यालय सुर्खेतमा सेवाग्राहीहरुको थामिनसक्नुको भीड लागेको छ । मालपोत कार्यालय सुर्खेतले आफ्नो सेवा अवधिलाई नै हेरफेर गरेर सूचना प्रकाशित गरेको भएपनि मालपोत कार्यालयमा सेवा लिन जानेहरुको भीड थामिनसक्नुको हो ।


यता वीरेन्द्रनगर नगरपालिकाले कोरोनाको जोखिमलाई मध्यनजर गरेर श्राद्ध गर्ने पुरोहित र जजमानलाई समेत ७ दिन क्वारेन्टाइनमा बसाल्ने अनि उनीहरुकै नीजि खर्चमा पिसिआर परीक्षण गर्न लगाउने विज्ञप्ति निकालेको छ । तर मालपोत कार्यालयमा भएको भीडभाडलाई रोक्ने तर्फ नगरपालिकाले कुनै चासो देखाएको छैन ।

मालपोत कार्यालयमा भएको भीडलाई व्यवस्थापन गर्नका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी स्वयम् व्यवस्थापनमा खटिनु भएको छ । उहाँले भन्नुभयो, ‘ जनपद र सशस्त्र प्रहरी खटाइएको छ । प्रहरीको एउटा युनिट नै राखिएको छ र लेखापढि गर्नेहरुलाई व्यवस्थापन गरिसकिएको छ । सामुदाय प्रहरी कार्यक्रमको तर्फबाट पनि सहयोग भइरहेको छ ।’


जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले भन्नुभयो, ‘यो महामारीको समयमा जनता स्यवम् जागरुक हुनु पर्नेमा उहाँहरुले कुरा नबुझेका कारण व्यवस्थापन गर्न गाह्रो भएको छ ।’

यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल भने भीडभाडको व्यवस्थापन जिल्ला कोरोना व्यवस्थापन समितिले हेर्नुपर्ने बताउनुहुन्छ । ‘बजार तथा सरकारी कार्यालयहरुमा हुने भीडभाडलाई व्यवस्थापन गर्नका लागि नगरपालिकाले आग्रह गर्ने हो’ उहाँको भनाई थियो ।