देशभर थपिए १०४१ जना कोरोना संक्रमण संक्रमित
काठमाडौँ |
पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौ. उपत्यकामा भने कोरोना संक्रमितहरु दिनहुँ थपिएका छन् । कोरोनाबाट बच्नका लागि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले लागु गरेको नियमहरुलाई पालना नगर्ने हो भने महामारीले चर्को रुप लिन सक्ने भएकोले स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आम नागरिकहरुमा अपिल गरेको छ ।






