Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

दुल्लु अस्पतालका डा. विसी र नगरपालिकाका कर्मचारी रिजाल पुरस्कृत

नागरिकलाई मुस्कानसहितकाे सेवा प्रवाह गर्न मेयर भण्डारीकाे आग्रह

दैलेख (दुल्लु) ।

दुल्लु नगरपालिकाले १७ औं निजामती सेवा दिवसकाे अवसरमा कर्मचारीलाई सम्मानसहित पुरस्कार प्रदान गरेकाे छ । स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धि र सुशासन भन्ने नाराका मनाइएकाे निजामति दिवसमा नगरपालिकाले दुल्लु अस्पतालमा कार्यरत डा. पूजा विसी र नगरपालिकामा कार्यरत खरिदार ध्रुव रिजाललाई नगरपालिकाले सम्मानसहित पुरस्कृत गरेकाे हाे ।

डा. विसी र रिजाललाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिएकाे नगरपालिका मेयर घनश्याम भण्डारीले जानकारी दिए । उनीहरूलाई प्रसंशा पत्र समेत प्रदान गरिएको छ । नगर प्रमुख भण्डारीले करार श्रेणिविहनदेखि उपसचिवसम्मका सबैलाइ समान सेवा दिइएको र सेवामा कुनै प्रकारको विभेद नहुने बताए ।

उनले नागरिकलाई मुस्कानसहितको सार्बजनिक सेवा प्रदान गर्न अनुरोध गरेका छन् । सेवा प्रवेश गरेका सबैको सुरक्षा दुल्लु नगरपालिकाले गर्ने र अधिकारसँगै कर्तब्यमा ध्यान दिन उनले कर्मचारीलाई आग्रह गरेका छन् । कर्णाली रैबार