Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

गोरु माथि आक्रमण, २ जना पक्राउ

 दैलेख |

दैलेखको भैरवी गाउँपालिकामा गोरुको हत्या गर्ने प्रयास गरेको आशंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भैरवी गाउँपालिका वडा नं २ मा रहेको माँझगाउँमा बारीमा बाँधेरे राखेको अवस्थामा बिहीबार गोरु माथि आक्रमण भएकोे प्रहरीले जनाएको हो ।

मकै भाँचेदेखी मल बनाउनको लागि बारीमा बाँधेर राखेको अवस्थामा स्थानीय कलम थापाका २ वटा गोरुको आगाडीको खुट्टा र मुख काटिएको छ ।

बिहीबार गोरु मालिकसँग सामान्य भनाभन भएको र रिसको झोकमा उनीहरुले गोरुको खुट्टा र मुख काटेको हुन सक्ने आशंकामा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैन बहादुर साउदले बताए । के कति कारणले गोरु माथि हमला हुन पुग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको साउदको भनाई छ ।

गोरुलाई खुकरी तथा खुडाले हानेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका २ जनालाई इलाका प्रहरी कार्यालय दुल्लुको जिम्मा लगाइने बताएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।