सिन्धुपाल्चोक पहिरो– मृतकको संख्या ५ पुग्यो
सिन्धुपाल्चोक।
सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा मृत्यु भएका ५ जनाको शव फेला परेको छ । यसअघि सात घरका १७ जना बेपत्ताको सूची निकालिएको थियो । गाउँनै पहिरोमा परेका कारण बेपत्ताको यकिन विवरण तयार गर्न नसकिएको बुझिएको छ । ३० देखि ३५ जना बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ ।

नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको प्रहरीले जनाएको छ ।
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आँउदै हुनुहुन्छ ।






