काठमाडौंमा समातियो ८८ किलो सुन
काठमाण्डौ भदौ १९
काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरिएको एसएसपी दिवेश लोहनीले जानकारी दिए ।गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

सोमबार बिहान गाडी चालकले स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।प्रहरीले सुनसँगै १३४ थान आइफोन, सामसुम, ओपो लगायतका मोवाइल र कपडा पनि बरामद गरेको छ । अहिले गाडीको पार्टस खोलेर हेर्ने काम भइरहेको छ ।
स्रोत : अन् लाइन खबर






