Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

कर्णालीमा १० जना थपिए ११० डिस्चार्ज

सुर्खेत ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश अस्पतालको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा २ जना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या भने ११० रहेको छ । यो संगै डिस्चार्ज हुनेहरुको संख्या २ हजार ५०५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २७५ रहेको छ ।