कर्णालीमा एकैदिन थपिए ४९ संक्रमित
२६ डिस्चार्ज
सुर्खेत ।
कर्णाली प्रदेश पछिल्लो २४ घण्टामा ४९ जना कोरोनाका विरामीहरु थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले दिएको जानकारी अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ४८ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ८३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या २६ रहेको महाशाखाले जनाएको छ । यो सँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ हजार ५३१ पुगेको छ । अहिले कर्णाली प्रदेशमा २९८ सक्रिय विरामी छन् ।








