सुनमा केडियम पदार्थको समेत मिसावट : संस्कृति ज्वैलर्सका प्रोपराइटर माथि आकमर्णको प्रयास
सुर्खेतका सुनचाँदी व्यावसायीहरुले सुनचाँदी व्यावसायी माथि नै आक्रमण गरेका छन् । सुनचाँदी व्यावसायीहरु मिलेर उक्त व्यावसायी संघमा दर्ता नभएको संस्कृति ज्वैलर्सका प्रोपराइटर माथि आकमर्णको प्रयास गरेका छन् ।
संस्कृति ज्वैलर्सले टन्स मेसिन (सुनको शुद्धता नाप्ने मेसिन) ल्याएपछि सुर्खेतका सुनचाँदी व्यावसायीहरु बीच सन्सनी मच्चिएको थियो ।

केडियम पदार्थको समेत मिसावट
संस्कृति ज्वैलर्सका प्रोपराइटर सुदर्शन श्रेष्ठले भने – सुर्खेतका सुन व्यावसायीहरुले सुनमा प्रतिवन्धित केडियम पदार्थको मिसावट समेत गरेको बताएका छन् । यसले मान्छेको छालाको क्यान्सर बनाउने प्रवल सम्भावना रहेको छ ।
यो प्रतिबन्धित पदार्थ हो श्रेष्ठले पत्रकारसँग कुरा गर्दै भने ।
नेपाल सुनचाँदी व्यवसायी संघ सुर्खेतमा आवद्ध पदाधिकारीहरुले संस्कृति ज्वैलर्सका संचालकमाथि हमला गर्न खोजेको श्रेष्ठले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि बताएका हुन् ।
सुन चाँदी व्यवसायी संघका पदाधिकारीले मंगलबार संस्कृति ज्वैलर्समा हमला समेत गर्न खोजेको प्रोप्राईटर सुदर्शन श्रेष्ठले जानकारी दिए ।

बुधबार बिहान पत्रकार सम्मेलनमा बोल्दै उनले ति व्यवसायीहरु सरासर संस्कृति ज्वेलर्स्भित्र पसेर टन्च मेसिन किन चलाउनुभाको भनेर प्रश्न गरेको प्रोप्राईटर श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
सिसिटिभी क्यामेरामा रेकर्ड भएको फुटेज देखाउँदै प्रोपराइटर श्रेष्ठले भन्नुभयो – ‘ सबै भन्दा पहिले उहाँहरु समूह बनाई मेरो पसलमा आउनु भयो र मलाई धकलपकल पनि गर्नुभयो । ‘मैले राम्रोसँग बसेर कुरा गरौँ भन्दा पनि मान्नुभएन, उहाँहरुको व्यापार नै धरापमा पारिदिएको भनेर हामीलाई आरोप लगाउनुभएको छ ।’ संघका पदाधिकारीहरु संस्कृति ज्वैलर्स सपल भित्र पसेर धरपकड गर्न खोजेको ज्वैलर्सकै सीसी टीभी फुटेजमा देखिएको छ ।
ति व्यवसायीले संस्कृति ज्वैलर्सकै तिन वटा बील लिएर त्यहाँ पुगेको भन्दै श्रेष्ठले अगाडि थपे, ‘उहाँहरुले पहिला सुनलाई चेक गर्दा ९९ प्रतिशत सुन देखायो भन्नुहुन्छ, फेरी त्यो सुनलाई उत्तिखेरै सिक्रि बनाएर चेक गर्दा ९३ प्रतिशत देखायो अनि फेरी गलाएर हेर्दा ९९ प्रतिशत नै देखायो भनेर भन्नुभयो, मेरै अगाडि राखेर सँगै हेरौँ न त के भन्छ मेसीनले भन्दा उहाँहरु मान्नुभएन साथै सुन जहाँ गलाएको हो त्यहाँको व्यक्तिलाई आफुसँग भेट गराउन भन्दा उनीहरु नमानेको पनि’ प्रोपराइटर श्रेष्ठको कथन थियो ।
ति सुन व्यवसायीहरुले आफुहरुलाई पनि त्यही संघमा मिसीएर उही पहिलाको जस्तै गरी सुन विक्रि गरौँ भनेर आग्रह गरेको पनि श्रेष्ठले बताए । तर प्रोपराइटर श्रेष्ठ भन्छन् – त्यसरी उपभोक्ताहरुलाई ठग्ने प्रबृत्तिको व्यापार गर्दैनौ हामी ।
सुन व्यवसायी संघको आफ्नो टन्च मेसिन पनि छ’, श्रेष्ठले भने, ‘आफ्नो टन्च मेसीन आफ्नो कालीगढ प्रयोग गरेर तपाईँ आफ्नो काम गर्नुस् न हाम्रो व्यापारको विरोध किन गर्नुभाछ भन्दा पनि उहाँहरु आफ्नो ढिपी छोड्नुहुन्न श्रेष्ठको भनाई थियो । आज बुधबार सबैले पसल समेत बन्द गरेका छन् ।
यस सम्बन्धमा उनीहरु दुबै पक्ष जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्य समक्ष नै कालिगढले आफुहरुलाई ज्याला पनि न्युन दिने गरेको गुनासो समेत गरेको श्रेष्ठको भनाई छ । एसपी आचार्यले भने जनतालाई ठग्न नपाईने भन्दै विवाद छलफलमार्फत समाधान गर्न लगाएको बताए ।
संस्कृति ज्वैलर्सले ल्याएको टन्च मेसिनबाट सुनको शुद्धता नाप्दा शुद्ध सुन नपाएपछि वीरेन्द्रनगरका अन्य सुन चाँदी पसलहरुप्रति ग्राहकले विश्वास गर्न छाडेपछि नै ती व्यवसायीहरुले विरोध गरिरहेका छन् ।
तर यता सुन चाँदी व्यवसायी संघमा आवद्ध व्यावसायीहरु भने उल्टै टन्च मेसीन नै गलत भएको दाबी गर्दछन् । सुन चाँदी व्यवसायी संघका सचिव दिनेश विकले टन्च मेसीनले सुनको शुद्धता सही ढंगले नगरेको जिकीर गरे ।
सुनचाँदी व्यावसायीहरु भन्छन् – ‘हामीलाई बेकारको आरोप लगाईएको छ’ । तपाईँहरुले हातपात गर्न खोज्नुभएको सीसी टीभी क्यामेरामा देखाएको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘हामी छलफल गर्न गएको हो त्यसरी हातपात गर्न खोजेकै होईन, विवाद गर्ने हाम्रो मनसाय होईन, यदि उहाँहरुले टन्च मेसीन प्रयोग गर्नुहुन्छ भने सही ढंगले गर्नुस, यसरी हामीलाई नै गरीखान नदिने हिसाबले होईन भन्ने हाम्रो भनाई हो ।’
तर संस्कृति ज्वैलर्सको सीसी टिभी क्यामेरामा भने धरपकड गरेको प्रष्ट भिडियो फुटेज छ । उता संघले पनि आफ्नो टन्च मेसीन खरिद गरेको छ तर प्रयोगमा भने ल्याएको छैन । संस्कृति ज्वैलर्सका प्रोपराइटर श्रेष्ठ भन्छन् – उहाँहरुले पहिले बनाएको सुनमा नै समस्या देखिने भएकोले त्यो मेसिन प्रयोगमा ल्याउनु भएको छैन ।
तर सुनचाँदी व्यावसायी संघका सचिव सचिव विक भने केही दिनमा टन्च मेसिन प्रयोगमा ल्याउने तर अहिले प्राविधिक समस्याले प्रयोगमा ल्याउन नसकेको बताउँछन् । ग्राहकको सामु सुन चाँदी व्यवसायीलाई निच देखाउन खोजिएको छलफल गरौ भन्दा पनि छलफलमा बस्न नमान्ने सचिव वि.क.को आरोप छ ।






