Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

चाडपर्व नजिकिदै गर्दा फस्टाउदै कालोबजारी

तोकिएको मूल्य भन्दा महंगोमा ग्याँस किन्न उपभोक्ता बाध्य

चाडपर्व नजिकिदै गर्दा फस्टाउँदै कालो बजारी फस्टाउँदै जान थालेको छ । चाडपर्वकै नजिकमा आएर मात्रै बजारको अनुगमन गर्ने प्रशासन यन्त्रले अरु बेलामा अनुगमनमा खासै चासो देखाउँदैन । यतिबेला सुर्खेतको वीरेन्द्रनगरमा खाना पकाउने एलपि ग्याँस तोकिएको मूल्य भन्दा महंगोमा किन्न उपभोक्ताहरु बाध्य छन् ।

ग्याँसका डिलरहरुले सरकारले तोके बमोजिम १ हजार ३ सय २५ रुपैयाँमा नै ग्याँस उपलब्ध गराउने गरेको भएपनि सव डिलरको नाममा वीरेन्द्रनगर भित्रका अन्य साना खुद्रा व्यापारीहरुले १ हजार ४ सय २५ रुपैयाँसम्म प्रति सिलिण्डर बिक्री गर्ने गरेका छन् ।

प्रदेश नं. ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर भित्रै हाकाहाकी कालो बजारी भइरहेको छ । दशैं र तिहार लगायतका चार्ड पर्वका बेलामा कृतिम अभाव गराउने देखि म्याद सकिएका गुणस्तरहिन सामानहरु खरिद बिक्री हुने चर्चा रहेपनि खाना पकाउने ग्याँसमा भने सुर्खेतमा प्रायः सधैँ अनियमितता हुने गरेको छ ।

ग्याँसका डिलरहरुबाट स्थानीय खुद्रा व्यापारीहरुले ग्याँस खरिद गरेर लैजाने र तोकिएको मूल्य भन्दा बढीमा बेच्ने गरेका छन् । कालिञ्चोक, खजुरा, पिपिरा, बाङ्गेसिमल, इत्राम लगायतका क्षेत्रमा यसरी ग्याँस बिक्री वितरण भइरहेको छ ।

तर यता उपभोक्ताहित संरक्षण मञ्च भने बेखबर छ । कसैले उजुरी दिएमा त्यस्तो गलत कार्य गर्नेहरुलाई कारवाही बताए पनि अहिलेसम्म कसैलाई कारवाही भएको छैन । सवडिलरका नाममा उनीहरुले उपभोक्ताहरुलाई लुटिरहेका छन् । बजार अनुगमनको जिम्मा लिएका सरोकारवालाहरु भने कहिले उजुरी आउला र अनुगमन गरौला भनेर पर्खिरहेको अवस्था छ ।

विशेष गरी चाडपर्वको बेलामा कृतिम अभाव गराउने देखि खाद्यबस्तुमा अखाद्य बस्तुको मिसावट हुने गर्दछ । दशैं तिहारको बेलामा अत्याधिक बिक्री हुने मिठाईहरुमा विभिन्न प्रकारका अखाद्य रंगहरु मिसाउने समेत गरिन्छ ।