Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने

काठमाडौं  ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । आजे  दिउँसो १ बजेका लागि तय भएको बैठक भोलि मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ ।

आज बस्ने भनिएको बैठकमा पार्टीको आन्तरिक बाँकी एकता प्रक्रियाबारे छलफल हुने भनिएको थियो । तर नेताहरुको व्यस्तताका कारण आजको बैठक भोलि मंगलबारका लागि सारिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी गराएको छ ।  आइतबार तत्कालीन माओवादी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मुख्य चारवटा बैठकको कार्यसूची तय गरेको थियो ।