Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

बजार अनुगमनमा तिब्रता : म्याद सकिएका वस्तु जलाएर नष्ट

संयुक्त बजार अनुगमन समितिले वीरेन्द्रनगर बजार अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा पसलमा भेटिएका म्याद सकिएका बस्तुहरु जफत गरी नष्ट गरेको छ ।

 

उक्त क्रममा पाउभजी मसला १६ पाकेट, कोविन १७ डिब्बा, बेवीकर्न१ डिब्बा, लिची गेडा २ डिब्बा, ओवल पापड १७ केजी, विगुल खानेतेल ६ लिटर, भूजा ९ पाकेट, दालमोठ २ पाकेट, मिठाइ आधा डिब्बा, च्यूरा १ पाकेट, अचार पतञ्जलीको ३ सिसी, फुरनदाना १ पाकेट, सवनयको प्याकेट बदाम २६ पिस, महेश दालमोठ ५ पाकेट नष्ट गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीमा प्रशासकीय अधिकृत, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रतिनिधि, आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालयका प्रमुख, प्रहरी तथा पत्रकार समेत संलग्न थिए ।

चाडपर्वको नजिकमा मात्र नभई यो नियमित प्रक्रिया भएको र कसैले पनि उपभोक्ताको हक हित एवम् स्वास्थ्यमा असर पार्ने खालका सामग्रीहरुको बिक्रीवितरण गर्न छुट नभएको सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।

अनुगमनका क्रममा भेटिएको म्याद नाघेका वस्तुहरु जिल्ला वन कार्यालय नजिकैको पिपल चौतारीमा जलाएर नष्ट गरिएको थियो । अनुगमनलाई निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।

समाचार