Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

कविता – राष्ट्रियता

नन्दा महतारा खड्का

हातमा कलम साथमा देश हिड्नेछु बोकेर।     
शत्रुको नास गर्नेछु मैले बन्दुक ठोकेर।
जनता र देश यो मुटुको रगतमा बगेको।
माटोको माया मुटुमा राखि छन् नसा चलेको।

 

राष्ट्रपति प्रधानमन्त्री र न्यायधिस बन्नलाई।
नखाई खाना नलाई नाना बढांउछु ज्ञानलाई।
रहर मेरो यो देशको सेवा गरेर बस्ने हो।
पाखुरी चलाई यो मन लगाई कम्मर कस्ने हो।

सहरमा बसि रमाउने हैन बस्नेछु गांउमा।
राष्ट्र सेवक सिमा रक्षक होस् हाम्रै नाउमा।
बेला र मौका छोपेर मैले राम्रो काम गरूला।
आफन्तले नै छातीमा हान्दा हांसेर सहुलां।

छातीमा गोली थापेर पनि देशलाई बचाउछु।
धर्तिका सन्तान नेपाल आमालाई सधैं हसाउँछु।