अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द
सुर्खेत ।
लेकवेशी नगरपालिका सुर्खेतमा एक हप्ताको लागि नगरपालिका तथा नगरपालिका अन्तर्गतका सबै वडाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरिएको छ ।
शुक्रबार गरिएको कोरोना भाइरस (कोभिड–१९)को परीक्षणमा नगरपालिकाका केही कर्मचारीमा संक्रमण पुष्टि भएपछि नगरपालिकाले एक सूचना जारी गर्दै असोज १३ गतेदेखि असोज १९ गतेसम्मको लागि अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरेको जानकारी दिएको हो ।







