Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

गुटभन्दा पनि संगठन बनाउने नेताको खोजीमा युवाहरु

सुर्खेत ।
नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु यही फागुनमा हुने महाधिवेशनको लागि लागि परेका छन् । उनीहरु महाधिवेशनका लागि संगठन विस्तार, सदस्यता नविकरणका कार्यमा जुटिरहेका बेला आ–आफ्नो गुटको राजनीति गर्नमा व्यस्त छन् । तर तरुण दल सुर्खेतका अध्यक्ष एवम् समाजसेवीको रुपमा आफ्नो बलियो परिचय बनाएका हरि विष्ट भने गुटको भनदा पनि संगठन बनाउने नेताको खोजिमा रहेको बताएका छन् । उनको सामाजिक सञ्जालमा लेखेका छन् ‘म गुटलाई प्रसय दिने भन्दा पनी संगठन बनाउने नेताको खोजीमा छु । जसले मलाई गुटको हिसाबले भन्दा पनि सैद्धांतिक हिसाबले सम्रक्षण र माया गरोस ?’

Image may contain: 1 person, sunglasses and outdoor
संगठनलाई बलियो बनाएर देश र जनताको सेवामा लाग्नेहरु नै सच्चा राजनीतिज्ञ भएको बताउने विष्टले भनेका छन् ‘गुट भन्दा पनि संगठनका लागि काम गर्ने नेता भेटेमा आफू प्रजातान्त्रिक भएकोमा गर्व लाग्नेछ ।’ नेताहरुले पार्टीका कार्यकर्ताहरुलाई गुटको रुपमा भन्दा पनि सैद्धान्तिक रुपमा संरक्षण गर्नु पर्ने विष्टको भनाई छ ।

पछिल्लो समयमा आफ्नै पार्टी भित्र प्रतिपक्षको झैँ व्यवहार गरेर एक आपसमा खिचातानी भइरहेको बेला विष्टको यो भनाइले काँग्रेसका युवाहरुमा नयाँ तरंग ल्याएको छ । पाका नेताहरु गुटको राजनीतिमा व्यस्त भएकाले युवाहरुले गुटको राजनीति भन्दा पनि समय परिवेश राजनीति गरेर जनताको मन जित्दै संगठनलाई बलियो बनाउनु पर्ने आवाज उठिरहेको छ । तरुण नेता विष्ट ‘गुटको राजनीतिका कारण नै पार्टी कमजोर बनेको बताउँदै युवाहरु गुटको राजनीति भन्दा माथि उठ्नु पर्ने र पाका नेताहरुको अनुभवबाट सिकेर अगाडि बढ्नु पर्ने बताउँदै आएका छन् ।’