Loading... आजः ४ बैशाख २०८३, शुक्रबार । Friday 17th April 2026
ताजा खबर
  

आज विश्व पशु दिवस

हामी मानिस जस्तै श्वाँस फेर्ने, भोक लाग्ने, माया दया रिस, इर्ष्या भएका, गतीशील प्राणीहरु मानव सभ्यता देखि अझ अगाडी देखि नै हामी संगै छन् । कहिले जंगलमा त कहिले गोठमा, कहिले खानाका रुपमा त कहिले सुरक्षाका लागि अनि अन्य लाखौं प्रयोग अनि साथका लागि मानवले जनावरहरुको प्रयोग गर्दै आएको छ । तर यो हजारौं बर्षको सहकार्यमा मानव कत्तिको जनावर अनि उनिहरुको महत्वका लागि बफादार रुपमा प्रस्तुत भएको छ त ?

हामी आफ्नै शरीरमा एकफेर हेरौं न ?

कत्ति वटा कपडा अनि अन्य कुराहरु जनावरका हाडखोर र छालाले बनेका छन ? आफ्नो स्वतन्त्रताका लागि आन्दोलन गरेर स्वतन्त्रता र सार्वभौमताका लागि दस्तावेज बनाउने त्यही मान्छे बन्द कोठामा जीवनभरि कैद गरिएका जनावरहरु हेर्न चिडियाखानामा रमाउदंछ । कत्तिको समभाव छ त हाम्रो जनावर प्रति , एकफेर सोचौं न ।

हरेक बर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर संगको मानविय दायित्व र समबन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मी हरु एकै थलोमा भेला हुने गर्दछन् ।

जनावरका मुद्धाहरु पत्रपत्रिका अनि अन्य सञ्चार माध्यमको मुख्य पृष्ठ र मुख्य समाचार बनाउन, जनावर माथिको हिंसा बन्द गर भन्ने बिभिन्न नाराहरु आज गुञ्जायमान हुने गर्दछन् । सनातन समाज मात्र बिश्वमा यस्तो समुदाय हो जहाँ जनावरहरु लाई भगवानको स्थान दिइएको छ । भैरवको बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसो लगायत सबै भगवानका बाहनहरु जनावरका रुपमा पुज्य छन् ।

कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाड हरुले त जनावरको यस बिश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषीत गरिदिएको छ । हामीमध्य हरेक मान्छेले जनावरहरुको संसारलाई कृही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्रि हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ ।

जनावरलाई खाना, बस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल मित्र र समान प्राणीका रुपमा लिँदै बुझ्न जरुरी छ । सन् १९२५ अर्थात्त लगभग ९३ बर्षअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले बिश्वमै प्रथम जनावर दिवस मनाएक हुन् । सन् १९२९ बाट औपचारीक रुपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा ईटालियन संत फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यि सन्तलाई ११ औं शताब्दीवाट अहिलेसम्म पर्यायवरण र जनावर मैत्रि समाजका प्रवर्तक र प्रचारक का रुपमा चिनिन्छ ।

जनावर अधिकार अनि मानव जनावर बीचको स्वस्थ र मैत्रिपूर्ण समबन्ध स्थापना गर्न हामी सबैजना सफल हुन सकौं । जनावर अधिकार दिवसको सबैलाई शुभकामना | हाम्रो पात्रो