Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

दसैं खर्च फिर्ता गर्ने भीम रावलको घोषणा

काठमाडाैं |

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले खातामा जम्मा भइसकेको दसैं खर्च फिर्ता गर्ने घोषणा गरेका छन्।

कोरोना महामारीको विषम परिस्थितिमा सांसदले भत्ता लिनु ठीक होइन भन्ने कुरामा आफ्नो समर्थन रहेको जनाउँदै नेता रावलले ट्विटरमार्फत दसैं खर्चबापतको रकम फिर्ता गर्न मञ्जुर रहेको घोषणा गरेका हुन्।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो। हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्,’ उनले ट्विट गरेका छन्, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।’