Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

विक्रम शिशिरको १०४ औं कलाकृति प्रदर्शन

बाँके ।
बाँकेको कोहलपुरमा बसेर साहित्य, कला, संस्कृतिमा कलम र कुची चलाउँदै आउनु भएका विक्रम शिशिरको १०४ औं कलाकृति प्रदर्शन भएको छ ।

२०६१ सालमा नेपाली चलचित्र शिर्षकमा बृहत कला प्रदर्शनी भएपछि २०६४ सालबाट टिकट सिस्टमले नेपाल आर्ट काउन्सिल बबरमहलमा एक ब्यक्ति एक कलाकृति प्रदर्शनी भएको थियो । त्यसपछि मात्र नेपाली कलाकारहरूमा कला प्रदर्शनीको व्यापकता व्यावसासिकताको उठान भएको मानिन्छ ।
यसैगरि २०७७ असार २३ गतेदेखि सुरु गरेको ३६५ दिने च्यालेन्ज अथवा एक दिन एक कला कृति सोसल मिडिया (ब्लोगर) मा पोस्ट गर्ने क्रममा शिशिरले १०४औ कृतिको रूपमा धरा नामक कलाकृति पोस्ट गर्नुभएको छ ।

उहाँले धरा अर्थात माटो, जन्मभुमि, धरातल, भुगोल, जननी, राष्ट्र, आमा र देवी प्रति समर्पित गरेको उल्लेख गर्नुभएको छ ।

शिशिरका कला कृतिहरु तलको लिंकमा गएर हेर्न सकिन्छ ।

https://www.blogger.com/blog/posts/540092433744382360?fbclid=IwAR3YjLOJ90i0Hsk-RS759vnvRONK8kITyNkuFVkBGAex7AYta2ZzWpMbpm0