सुर्खेतमा ७ जुवाडे पक्राउ
सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सात जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ७ इत्राममा निर्मला शाहीको घरमा जुवा खेल भईरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा खटिएको ११ जनाको टोलीले जुवा खेलिरहेको अवस्थामा ७ जनालाई नगद ५६ हजार ६१० सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं. का घरधनी ३५ वर्षिया निर्मला शाही, ३१ वर्षका खगेन्द्र खत्री, २९ वर्षका चेतन आचार्य, वडा नं. ८ का ३२ वर्षका जीवन सुनार, वडा नं. ९ का २५ वर्षका प्रवेश गुरुङ, वडा नं. ३ का ३६ वर्षका खम्बबहादुर शाही र वडा नं. का ३२ वर्षका निराजन शाही रहेको प्रहरी प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।






