Loading... आजः १४ आश्विन २०८३, बुधबार । Wednesday 30th September 2026

वाङ्मय चौतारीको शुभकामना आदान प्रदान

सुर्खेत
१९ असोज २०७४ ।
कोजाग्रत पूर्णिमाको दिन सुर्खेतमा साहित्यकार तथा कलाकारहरुले शुभकामना आदान प्रदान एवम् रचना वाचन गरेका छन् । वाङ्मय चौतारी एवम् आरंग नेपाल सुर्खेतको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम भएको
हो ।

कार्यक्रममा प्रकाश पौडेल, सुनिलदत्त रेग्मी, उमालाल आचार्य, निर्मल पोख्रेल, गोविन्द प्रसाद आचार्य, सरस्वती पन्त, खगेन्द्र अधिकारी अमृत, खुमलाल न्यौपाने, गीता कटुवाल, भानुभक्त अधिकारी, नविन शाही, बालकृष्ण सुनार, तिलक पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गीत, कविता, हाइकु, गेडी, मुक्तक, गजल लगायतका रचनाहरु वाचन गरिएको थियो ।

कार्यक्रम वाङ्मय चौतारी एवम् आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा भएको थियो ।