हिन्दूराष्ट्रको माग गर्दै राप्रपाले बुझायो ज्ञापन पत्र
सुर्खेत
२३ असोज २०७४ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई हिन्दूराष्ट्रको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

देशलाई नेताहरुले बल मिच्याई गरेर धर्म निरपेक्ष घोषणा गरेकोले अब हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसँगै सनातन हिन्दु राष्ट्र वा धर्म निरपेक्ष भन्ने बारेमा जनमत संग्रह गर्न आग्रह गरिएको ज्ञापन पत्र राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष मानबहादुर खड्का र सचिव जनक सिंह ठकुरीले संयुक्त रुपमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीलाई बुझाउनु भएको छ ।
संविधान संशोधन गरी हिन्दू राष्ट्र कायम गर्ने बारेमा संसदमा विधेयक दर्ता गर्दा समेत बेवास्ता गरेकोले बाध्य भएर दबाब सिर्जना गर्नु परेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।

नारा जुलुस सहित जिल्ला प्रशासन पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रमलाई केन्द्रिय सदस्य मुकुन्दश्याम गिरी, जिल्ला अध्यक्ष मान बहादुर खड्का लगायतले सम्बोधन गर्नु भएको थियो ।






