Loading... आजः २४ जेष्ठ २०८३, आईतवार । Sunday 7th June 2026
ताजा खबर
  

बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

बर्दिया ।

बर्दियाका एकजना कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बर्दियाको गुलरिया नगरपालिका–३ का ७७ वर्षीय वृद्धको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आइतबार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी मंसिर ५ गते अस्पतालमा भर्ना भएका थिए । कोरोना संक्रमणको आशँकामा परीक्षण गर्दा भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए ।