Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

राप्रपा निकट विद्यार्थीकाे प्रदेश संयोजकमा बि.सी

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रदेश नम्बर ६ को संयोजकमा युवा विद्यार्थी नेता प्रेम बिसी ले जिम्मेवारी पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले संघिय संरचना अनुसारको प्रदेसमा संगठन विस्तार, सुधार र महाधिवेशन सम्पन्नको लागी संयोजकमा बि.सीलाई जिम्मेवारी दिएको हो ।

तत्कालीन राप्रपा नेपाल निकट विद्यार्थी संगठन को प्रदेश सह-संयोजक तथा जिल्ला अध्यक्ष समेत रहेका बिसी लामो समयदेखी सक्रिय विद्यार्थी राजनीतिमा छन । बि सी क्याम्पस इकाई अध्यक्ष देखि सुरु गरेको विद्यार्थी राजनीति जिल्ला सदस्य,जिल्ला अध्यक्ष हुदै प्रदेश सह-संयोजक र अहिले प्रदेश संयोजक सम्मको जिम्मेवारी पाएका छ्न ।

उनले केही समयमै प्रदेश ६ का सबै जिल्लामा संगठनलाई विस्तार गर्ने उनले बताएका छन। उनले पार्टी र संगठन का एजेण्डा लिएर प्रदेश व्यापी कार्यक्रमहरु केही दिनमै शुरु गर्न लागेको जानकारी दिए।

बैठकबाट संगठनमा लामो समय संघर्ष गरेका तथा सांगठानिक अनुभव बटुलेका दक्ष विद्यार्थी हरुलाई प्रदेश संयोजकको जिम्मा दिनुका साथै संगठनका केन्द्रिय संयोजक महेस सिंहले नव प्रदेश संयोजकहरुलाई परिचालित हुन निर्देशन समेत दिएका छन ।