Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

राहतसहित राँचुली पुगे मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री

कालिकोट।

जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुलिमा भएको आगलागी पीडितको लागि प्रदेश सरकारले राहत तथा आवासको व्यवस्था गर्ने भएको छ।

राँचुलिको एक दलित बस्तिमा आगलागि हुँदा ११ घरधुरि जलेर नष्ट भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले उक्त घटनाको निरिक्षण गरेर सुर्खेत फर्किएका छन्।

मुख्यमन्त्री शाहीले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा पीडितलाई प्रदेश सरकारले आवासको व्यवस्था गर्ने बताएका छन्। मुख्यमन्त्ती शाहीका अनुसार घटनास्थलको निरिक्षणमा जाँदा केही लत्ताकपडा उपलब्ध गराइएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक चन्दबहादुर शाहका अनुसार शनिबार बिहान करिब ६ बजेको समयमा आगलागी भएको हो।

स्थानीय एक घरमा चुलोमा बालेको आगो घरमा सल्किदा छिमेकी तीन घरमा आगो सल्केर नष्ट भएका थिए। तीन घरमा १० परिवार बस्दै आएका थिए। उनले भने, ‘तीन घर जलेर नष्ट भएका छन्। आगलागीबाट गोठमा रहेका पशु चौपायासमेत जलेका छन्।

प्रहरीका अनुसार आगलागिबाट मानवीय क्षति भएको छैन। काठ र खरले छोएका राँचुलिका घरहरू आगजनिको उच्च जोखिममा छन्। नगरपालिकाले गत वर्षमात्र खरका छानामुक्त नगरपालिका बनाउने घोषण गरेपनि अहिलेसम्म छानमुक्त हुन सकेको छैन। खरको छानामुक्त नगरपालिका गर्न तयारिमा रहेको नगरपालिकाले जनाएको छ।