ब्राउन सुगरसहित एकजना पक्राउ
सुर्खेत ।
सुर्खेत प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नारायण नगरपालिका–७ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने २० वर्षीय भुपेन्द्र मिजारलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।

वीरेन्द्रनगर–९ लाटीकोइलीमा शंकास्पद अवस्थामा हिडिरहेको समयमा मिजारलाई प्रहरी निरीक्षक कनकबहादुर शाहीको टोलीले पक्राउ चेकजाँच गर्ने क्रममा जुत्तामा ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
मिजारबाट प्रहरीले रातो प्लास्टिकको पोकामा राखेको चार सय ३० मिलिग्राम चार प्याकेट लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो फेला पारेको छ । मिजारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।






